बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाण्डाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट  खटिएका प्रहरी टालिले चैत १ गते बुढानिलकण्ठबाट घलेलाइ पक्राउ गरेकाे हाे।

जिल्ला धादिङ गंगा जमुना गाउँपालिका वडा नं. ६ घर भई हाल काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नं. ६ खड्क भद्रकाली बस्ने ५० वर्षीय पुरन बहादुर घले पक्राउ परेका हुन् ।

उच्च अदालत पाटन, ललितपुरको मिति २०७९/०९/२४ गतेको फैसला अनुसार ८ दिन कैद, ३६ लाख ८८ हजार जरिवाना र १ लाख ४७ हजार ५ सय २० रुपैयाँ क्षतिपुर्ति भराउने फैसला भएसँगै उनी फरार रहेका थिए । प्रहरीका अनुसार घलेलाइ फैसला कार्यान्वयनकाे लागि ललितपुर जिल्ला अदालत पठाइएकाे छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको