रास्वपाले उपराष्ट्रपतिकाे निर्वाचनबारे बाेलाए बैठक

समाचार शेयर गर्नुहोस्

काठमाण्डाै,

चैत २ गते।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपतिकाे निर्वाचनबारे निर्णय गर्न पार्टीकाे पदाधिकारी र संसदीय दलकाे संयुक्त बैठक बाेलाएकाे छ।

शुक्रबार बिहान ११ः३० बजे वसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा  समसामयिक परिस्थितिबारे निर्णय गरिने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने निर्णय लिनेछ ।

उपराष्ट्रपतिको निर्वाचन यही चैत ३ मा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको