काठमाण्डाैँ,
चैत २ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
यस्तै पार्टीका तर्फबाट समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान खाली थियो । रिक्त पदमा मुस्लिम कल्सटरको दोस्रो स्थानमा रहेकी अन्सारीलाई सांसद बनाउन सिफारिस गर्ने पार्टीले निर्णय गरेको हो ।