बंगलादेशका राजदुत र उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेटवार्ता

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग शीष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच बिहीबार मन्त्रालयमा भेटवार्ता भएको हो ।भेटवार्ताका क्रममा श्रेष्ठले दूरीका हिसाबले बंगलादेश नेपालको तेस्रो नजिकको छिमेकी मित्रराष्ट्र भएको बताएका थिए । उनले दुवै कम विकसित राष्ट्र भएकाले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

सो क्रममा श्रेष्ठले कतारमा भएको अति कम विकसित मुलुकको सम्मेलनका क्रममा बंगलादेशका प्रधानमन्त्रीसँग आफूले भेटवार्ता गरेको पनि स्मरण गरे । उनले बंगलादेश र नेपाल नजिकका र पुराना मित्रराष्ट्र भएको उल्लेख गरे ।

भेटवार्ताका क्रममा राजदूत चौधरीले पनि नेपाल आफूहरूको नजिकको मित्रराष्ट्र भएको उल्लेख गरेका थिए । आफू नेपालमा राजदूतका रूपमा काम गर्दा नेपाल र नेपाली मन पराएको बताएका थिए ।चौधरीले बंगलादेशको राष्ट्रिय दिवस (नेसनल डे) को अवसरमा नेपालमा हुने कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठलाई आग्रह पनि गरेको श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको