सिजी मोटर्स र प्रभु बैंक बीच सम्झौता

काठमाडौं,

प्रभु बैंक लिमिटेड र सीजी मोटर्स प्रालि बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले हस्ताक्षर गरे ।

सिजी मोटर्सले आयात गरेको नेटा भी मोडेल/ब्राण्डका विद्युतीय गाडी खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने सम्झौता अनुसार व्यवस्था भएको छ।

यस्तै हाल बैंकको देशभर रहेको ३६५ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने विश्वास बैंकले लिएको छ । ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like