काठमाण्डाैँ,
इक्वेडर र पेरुको सीमा क्षेत्रमा ६.७ म्याग्निच्यूडको भूकम्प जाँदा इक्वेडरमा १३ जना र छिमेकी पेरुमा एक जना गरी १४ जनाकाे मृत्यु भएकाे अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
साथै त्यहाँ १ सय २६ जना मानिस घाइते भएको इक्वेडरका अधिकारीहरूले बताएका छन्। भुकम्का कारण कतिपय घर र भाैतिक संरचना भत्किएका छन्।
इक्वेडरका राष्ट्रपति ग्वेल्लेर्मो लास्सोले उद्धारका लागि मातहतका अधिकारीहरूलाई आदेश दिएका छन् । छिमेकी पेरुमा भने इक्वेडरसँगको उत्तरी सीमा क्षेत्रमा भूकम्पको बढी धक्का महसुस गरिएको थियो । पेरुका प्रधानमन्त्री अल्बेर्तो ओतारोवाले भूकम्पका कारण पेरुमा ४ वर्षीया बालिकाको मृत्यु भएको बताएका छन् ।