काठमाण्डाैँ,
पाल्पामा टिपरकाे ठक्करबाट एक पैदलयात्रीकाे मृत्यु भएकाे छ।
रैनादेवीछहरा गाउँपालिका-१ सिद्धेश्वरबाट चुनढुंगा बोकेर बुटबल जाँदै गरेको लु २ ख २४४६ नम्बरको ट्रिपरले मसारमा हिँडिरहेका रिब्दिकोट गाउँपालिका-२ मसारका ६९ वर्षीय होम बहादुर लामटांगेलाई ठक्कर दिएको थियो।
साे ठक्करबाट उनकाे मृत्यु भएकाे हाे।ट्रिपर र चालकलाई नियन्त्रण लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।