शेयरबजारमा सामान्य गिरावट

काठमाण्डाैँ,

साताकाे पहिलाे दिन शेयरबजार सामान्य अंककाे गिरावट आएको  छ।नेप्से सूचक ६.९० अंकले घटेर १९२६ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ६ करोड ९८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।यस्तै शेयरबजार घटेसँगै लगानीकर्ताहरु निरुत्साही बन्दा शेयबजारमा कारोबार रकम समेत घट्न पुगेको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज होटल तथा पर्यटन, हाइड्रोपावर लगानी, निर्जीवन बीमा र ब्यापार उपसूचकमा हरियाली छाएको छ ।यस्तै सबैभन्दा बढी होटल तथा पर्यटन उपसूचक ०.८७ प्रतिशतले बढेको छ भने म्युचुअल फण्ड उपसूचक १.१७ प्रतिशतले घटेको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like