सप्तरीमा पेस्ताेलसहित एक जना पक्राउ

काठमाण्डाैँ,

सप्तरीमा पेस्ताेल सहित प्रहरीले एक जना व्यक्तिलाइ पक्राउ गरेकाे छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी पुरूषाेत्तम थापाका अनुसार आइतबार दिँउसाे १ बजे तिलाठी काइलाकी गाउँपालिका -१ खाडाेखाेलास्थित बाेर्डर इलाकाबाट एक जनालाइ पक्राउ गरेकाे हाे।

यस्तै प्रहरी चाैकीबाट खटिएकाे टाेलीले भारतबाट नेपाल पैदल हिडिँरहेका सप्तरी छिन्नमस्ता गाउँपालिका  २ माैवा बस्ने २८ वर्षिय साेनु रायबाट पेस्ताेल बरामद गरेकाे हाे।

साथै शंका लागेर सप्तरीकाे राजविराजबाट २८ वर्षिय राेशन यादवलाइ पनि पक्राउ गरेकाे छ।उनीमाथि पनि यस घटनामा अनुसन्धान गर्न पक्राउ गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like