ट्याक्टर दुर्घटना हुँदा कैलालीमा २ जनाको मृत्यु र २८ घाइते

समाचार शेयर गर्नुहोस्

काठमाडौं,

७ चैत, कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु र २८ घाइते भएका छन्।

जोशीपुर गाउँपालिका-७ को हजारीबारामा सोमबार राति से १ त ८८७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएका भजनी नगरपालिकाकै १६ जनाको घोडाघोडी अस्पताल र १२ जनाको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको डीएसपी चन्दले बताए । उनका अनुसार घाइतेहरु खतरामुक्त छन् ।

ट्याक्टर चालक भजनी नगरपालिका-९ कै सुरज चौधरी भने फरार छन् । उनको खोजी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको