गोठ नै रित्तियो ठोरीमा बाघको आतंक

समाचार शेयर गर्नुहोस्

काठमाडौं,

७ चैत, ठोरीमा पाटे बाघको आक्रमणबाट गोठ रित्तिएको छ।

सोमबार राति ११ बजे ठोरी-४, घ्याङडाँडाका किसान मिकमार लामाको गोठमा पसेको हो । बाघले एउटा पाडा र ६ ओटा बाख्रा मारेको लामाले बताए।

आक्रमणबाट एक लाख रूपैयाँ भन्दा बढीको क्षति पुगेको गुनासो लामाले गरेका छन् ।

स्थानीयले बाघ धपाउन नसकेपछि नेपाली सेना, सशस्त्र प्रहरी , पर्सा राष्ट्रिय निकुन्जका कर्मचारीलगायतको सहयोगले बिहान ४ बजेमात्र बाघलाई जङ्गल तर्फ धपाइएको छ ।

बाघ फेरि गाउँ पस्न सक्ने डरले घ्याङडाँडाका स्थानीय बासीन्दा त्रसित छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको