छत्रकोटमा क्रिकेटर अर्जुनलाई नगदसहित गरे सम्मान

काठमाडौं,

७चैत, गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले क्रिकेट खेलाडी अर्जुन कुमाललाई नगद ५० हजारसहित सम्मान पत्रकार साथै दोसल्ला ओढाएर सम्मान गरेको हो।

१९ वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य रहेका कुमाललाई गृह जिल्ला गुल्मीको छत्रकोट गाउँपालिकालले नगदसहित सम्मान गरेको हो।

उनले कुबेतविरुद्ध सतकसमेत प्रहार गरेका थिए । क्रिकेट खेलमार्फत गुल्मी जिल्ला र छत्रकोट गाउँपालिकालाई विश्वसामु चिनाउन सफल भएको भन्दै गाउँपालिकाले नगदसहित सम्मान गरेको हो।

उनको खेल क्षेत्रमा आगामी दिनमा थप हौसला बढोस भनेर सम्मान गरिएको  गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like