काठमाण्डाैँ,
आदिवासी जनजातिहरुको भोट उनीहरूकै निम्ति हानिकारक भएको संस्कृतिक, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले टिप्पणी गरेका छन् ।यस्तै उनले सर्लाहीको हरिवनमा आयोजित आदिवासी जनजाति युवा महासंघको भेलालाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन ।
मन्त्री किरातिले काेसी प्रदेश नामकाे विषयमा बाेल्दै पहिचानकाे नाममा सांसदहरूले भाेट मागेर गैर पहिचान खुल्ने नामाकरण गरेकाे बताएका छन्। यसरी झुक्काएर पहिचान विरोधी नामाकरणका निम्ति हस्ताक्षर गर्ने प्रदेश सांसदहरुलाई कुलले समेत धिक्कार्ने मन्त्री किरातीले बताए ।
‘खस आर्यको योग्यता र आदिवासी जनजातिको ईमान्दारिता मिलायो भने मात्र देश बन्छ । देश बनाउँछु भन्ने नेताले जनताको मनोविज्ञानपनि बुझ्नु पर्छ’ किरातीले भने, ‘समाजवादको भाषण रैथाने आदिवासी जनजाति सँगै छ । हामीले यसैलाई विकास गरेर नेपाली विशेषताको समाजवाद निर्माण गर्न सक्छौ । विदेशी फोटो कपीको जरुरी छैन यदि गरियो भने त्यो समाजवाद टिक्दैन ।’