लागूऔषधसहित ढल्केवरका एक व्यक्ति पक्राउ

काठमाण्डाैँ,

इलाका प्रहरी कार्यालय ढल्केवर धनुषाले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हाे।जिल्लाको मिथिला नगरपालिका–६, ढल्केवरका ३७ वर्षीय रामहित साहलाई लागूऔषधसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कविन राईले बताउनुभयो ।

साहलाई प्रतिबन्धित लागूऔषध एस्कीप्लोन सय एमएलको ४० बोतलसहित नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै  कार्यालयबाट खटिएको प्रहरी टोलीले साहको घरमा खानतलासी गर्दा घरभित्र लुकाइएको अवस्थामा सो लागूऔषध बरामद भएको थियो । साहमाथि लागूऔषध मुद्दा चलाइएको र जिल्ला अदालत धनुषाबाट म्याद लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक राईले बताउनुभयो ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like