मितेरी पुलमा नेपाल र चिनियाँ सुरक्षा अधिकारीबीच बैठक सम्पन्न

काठमाण्डाैँ,

सिन्धुपाल्चोकस्थित तातोपानीको मितेरी पुलमा नेपाल र चिनियाँ सुरक्षा अधिकारीबीच बैठक सम्पन्न भएको छ । सोमबार भएको बैठकमा दुई देशबीचको सीमा नाकालाई अझ सुरक्षित बनाउने, आपराधिक गतिविधि रोकथाम तथा अवैध चोरी निकासीलाई निरुत्साहित पार्ने लगायत विषयमा छलफल भएको थियो ।

यस्तै आउँदा दिनहरूमा समेत आपसी समन्वय र सद्भावलाई निरन्तरता दिने विषयमा छलफल भएको बैठकमा सहभागी सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी बाल नरसिंह राणाले बताए ।

नेपाल र चीनका दुवै सुरक्षा अधिकारीले सीमामार्फत हुने तस्करी नियन्त्रणका सम्बन्धमा समन्वयात्मक भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । बैठकमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अध्यागमन अधिकृत, भन्सारका प्रमुख र चीनको तर्फबाट न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमनलगायत अधिकारीहरू संलग्न थिए ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like