राष्ट्रपति पौडेलद्वारा वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपियो

काठमाडौं,

८चैत, राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गरेका छन् । उनले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपेका हुन् ।

वृक्षरोपण कार्यक्रमका सहयोगी तथा वन मन्त्रालयका पूर्वसचिव युवराज भुसालका अनुसार पौराणिक हिसाबले आज नयाँ वर्ष परेकाले वनकाली क्षेत्रमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो ।

नाग देवताको पूजा नागचम्पा सेतो फूलले गरिने तथा नाग प्रशन्न हुने भएकाले आज राष्ट्रपति पौडेलबाट उक्त फूलको बिरुवा रोपण गरिएको उनको भनाइ छ ।

यस्तै गृह शान्ति, राष्ट्र शान्तिका लागि लुम्बिनीमा समेत राष्ट्रपति पौडेलद्वारा वृक्षरोपण गराइने योजना रहेको भुसालले जानकारी दिए ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like