दाङको महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतदान जारी

काठमाडौं,

८चैत,  दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि मतदान जारी रहेको छ।

बुधबार बिहान ८ बजेदेखि सुरु मतदान शान्तिपूर्ण ढंगले चलिरहेको छ । मतदान अपराह्न ४ बजेसम्म चल्ने निर्वाचन अधिकृत कुलबीर चौधरीले जानकारी दिए।

क्याम्पसमा ५ हजार ९ सय ४० मतदाता छन् । निर्वाचनका लागि क्याम्पसमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

यसअघि अखिल (क्रान्तिकारी) विप्लवले क्याम्पसमा तालाबन्दी गरेपछि ५ चैतमा हुने भनिएको निर्वाचन स्थगित भएको थियो ।

क्याम्पस प्रशासनले अनाधिकृत रुपमा खाली परिचयपत्र क्याम्पसको छाप लगाएर वितरण गरेको भन्दै विप्लवका कार्यकर्ताहरुले तालाबन्दी गरेका थिए ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like