काठमाडौं,
८ चैत, पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको दमक पुगेका थिए ।
महामन्त्री धवलशम्शेर राणाका अनुसार बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको हो। उक्त भेटमा राप्रपा नेताहरु डा. प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्र पनि सहभागी थिए ।