बिल बिजक भन्दा बढी सामानसहित कन्टेनर (ट्रक) नियन्त्रणमा

समाचार शेयर गर्नुहोस्

काठमाडौं,

पुर्वबाट चितवन तर्फ आउदै गरेका ना ५ ख ३८४७ नं.को भाडा कन्टेनर (ट्रक) मा बिल बिजक भन्दा बढीको लत्ता कपडा लगायतका विभिन्न खुद्रा सामानहरू लोड गरी आउदै गरेको प्रहरीले खबर पाएका थिए।

सो खबर पाएपछि  जिल्ला प्रहरी कार्यालय चितवन एवं मातहतका प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले मिति २०७९/१२/०७ गते बिहान अं. ०६:३० बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१० मालपोत चोक स्थित बाइपस सडक खण्डमा उल्लेखित कन्टेनर (ट्रक) लाई रोकी खानतलासी एवं प्रारम्भिक अनुसन्धान गर्दा कन्टेनर (ट्रक) बिल बिजक भन्दा बढी समान भएको खुल्न गएकाले उक्त कन्टेनर (ट्रक) नियन्त्रणमा लिइएको छ।

यस्तै आवश्यक कार्वाहीको लागी राजश्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको