६२ करोड भन्दा बढीको सट्टेबाजी गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौं,

८चैत। वान एक्स बेटमार्फत सट्टेबाजी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेका छन्।

पक्राउ पर्नेमा २३ वर्षका दिलिप सिंह, २३ वर्षकै भुपालराज न्यौपाने, १७ वर्षीय नयनराज भण्डारी, २८ वर्षका वरुणकुमार सिंह, ३२ वर्षका वासुदेव पाण्डे र २६ वर्षकी शिवानी तामाङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर बताएका छन्।

उनीहरुको साथबाट विभिन्न सेवाप्रदायक कम्पनीहरुको सिमकार्ड ३४६ थान, विभिन्न कम्पनीहरुको मोबाइल फोन १० थान, विभिन्न बैंकहरुको चेकबुक ३ थान र एटीएम १४ थान र एसर कम्पनीको ल्यापटप १ थान बरामद गरिएको प्रहरी उपरीक्षक राठौरले बताए ।

उनीहरुले विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा गतिविधिहरुमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेशन वान् एक्स बेटमार्फत सट्टेबाजी गरेका थिए ।

अनुसन्धानका क्रममा उनीहरुले ६२ करोड रुपैयाँ भन्दा बढीको सट्टेबाजी गरेको पाइएको प्रहरीले जानकारी दिएका छन्।

उनीहरुले ३५ जनाको नाममा खोलेको डिजिटल वालेटमार्फत ४१ करोड १५ लाख ८९ हजार २७६ रुपैयाँको र १५ जनाको नाममा रहेका ३४ वटा बैंकमार्फत १२ करोड २५ लाख ३५ हजार ९११ रुपैयाँ बराबरको रकम बेटिङ गरेको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरुबाट ९ करोड ८ लाख १३ हजार १०८ रुपैयाँ बराबरको सट्टेबाजी भएको हो।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like