काठमाडौं,
९चैत। मङ्गलबार घुम्न निस्केका गोर्खाको चुमनुब्री गाउँपालिका वडा नम्बर -२ स्थित लार्के पास जाने बेला बुधबार साँझदेखि हिउँपहिरोमा फसेका पूर्वी नवलपरासीको दलदले निवासी २६ वर्षीय सौरभ खनाल र उनकी साथी २२ वर्षीया अनिता घले गुरुङ दुई जनालाई बिहीबार बिहान सुरक्षाकर्मीको टोलीले उद्धार गरेको हो ।
उनिहरु समस्यामा परेको सुरक्षाकर्मीले बुधबार साँझ सुचना पाएपछि तत्कालै उद्धार टोली परिचालन गरिएको थियो ।
यस्तै गोर्खाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार उनीहरूलाई चुमनुब्री गाउँपालिकाको अप्ठेरो ठाउँमा फेला पारेर उद्धार गरी धर्मशालामा ल्याइएको थियो। त्यहाँबाट गोरखा सदरमुकाम ल्याउन नेपाली सेनाको हेलिकोप्टर पठाइएको उनले बताए ।