काठमाडौं,
९चैत। भारतको एउटा अदालतले कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको छ ।
गुजरातको सुरत अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानीसम्बन्धी मुद्दामा गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको हो।
अदालतले गान्धीलाई यो सजायविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न एक महिनाको समय पनि दिएको छ ।
गान्धीले सन् २०१९को लोकसभा चुनावका क्रममा कर्नाटकको एउटा कार्यक्रममा मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर अदालतमा मुद्दा परेको थियो।
उनले त्यतिबेला भनेका थिए ‘सबै चोरहरु, चाहे ऊ निरभ मोदी होस्, ललित मोदी हो वा नरेन्द्र मोदी हो, सबैको थर किन मोदी भयो ?’
उनले आफ्नो भनाइबाट कुनै समुदायलाई चोट पुर्याउने उद्देश्य नभएको बताए।