प्रधानमन्त्री डरायो भने बल्ल जनता डरबाट मुक्त हुने: महामन्त्री गगनकुमार थापा

काठमाडौं,

९चैत।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब प्रधानमन्त्रीले जनता तर्साउन तिर नलागी देशको विकासका लागि सोच्नुपर्ने बताए। यस्तै उनले प्रधानमन्त्री नडराएसम्म जनताहरू डरबाट मुक्त हुन नसक्ने बताएका छन्।

सामुदायिक रेडियो प्रशारक संघ अकोराबको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्रीले जनता तर्साउन तिर नलागी देशको विकास कसरी अघि बढाउने ’bout सोच्नुपर्ने बताए।

कुर्सीमा बसेको प्रधानमन्त्री डराउनुपर्ने बेला भएको छ प्रधानमन्त्री डराउनुपर्छ । प्रधानमन्त्री डरायो भने बल्ल जनता डरबाट मुक्त हुने अवस्था हुन्छ ।’

महामन्त्री थापाले प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नरहेको पनि बताए । ‘प्रधानमन्त्रीले मसँग १७२ छ, १७३ छ ढुक्क छ भन्दै गयो भने टाउको टाउको मात्रै बाँकी रहन्छ, हामीलाई सुन्ने मान्छे बाँकी नरहन सक्छ,’ थापाले भने, ‘मैले यत्ति धेरै तन्नेरीहरु आत्तिएको कहिल्यै देखेको थिइन । यतिधेरै मानिस निरास भएको देखेको थिएन ।’

महामन्त्री थापाले सामुदायिक रेडियोको उन्नयनका लागि आफूले सबै किसिमले सहयोग गर्ने प्रतिवद्धता जनाए । भ्रामक समाचारको प्रवाह रोक्न र समुदायलाई गलत सूचनाबाट जोगाउन सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण हुने थापाले बताए ।

 

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like