राजेन्द्रमान श्रेष्ठ र शैलन्द्रमान बज्रचार्यबाट मुख्यमन्त्रीलाइ विश्वासकाे मत

काठमाण्डाैँ,

शुक्रबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका सांसद राजेन्द्रमान श्रेष्ठले र हानेपाका संसदीय दलका नेता शैलन्द्रमान बज्रचार्यले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने बताए ।

वर्तमान सरकारको निरन्तरताले प्रदेशको विकासमा सहजता प्रदान गर्ने हानेपाका बज्रचार्यले बताए । उनले जनताले खोजेको विकास भएकाले राजनीतिक जोड घटाउभन्दा पनि सरकारको निरन्तरतापछि शीघ्र विकासका आयाम ल्याउन सहज हुने भन्दै विश्वासको मत दिने निर्णय गरेको बताए ।

यस्तै आम जनताहरू सरकारकाे जाेडघटाउबाट खुसी भएकाे छैन्। अब प्रदेशसभा र सरकार दुवै गम्भिर हुनुपर्ने उनले बताए। प्रदेशकाे राजनितिलाइ परक ढंगबाट अघि बढाउन आ–आफ्नो शैली परिवर्तन गर्नुपर्नेमा उनले जाेड दिए।

यता एकीकृत समाजवादीका सांसद श्रेष्ठले देशले मागेको राजनीतिक स्थिरता र विकासमा प्रदेश सरकारले योगदान गर्नुपर्ने बताए । विगतका कमीकमजोरी खोतालेर आरोप प्रत्यारोपमा लाग्नुभन्दा भविष्यलाई हेरेर जनता लक्षित योजनाहरु ल्याउन उनले आग्रह गरे ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like