एमालेका मन्त्रीले वाग्मति सरकारबाट दिए राजीनामा

काठमाण्डाैँ,

वाग्मती प्रदेश सरकारमा सहभागी एमाले मन्त्रीहरुले राजीनामा दिएका छन् ।

एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट बाहिरिएको घोषणा गर्दै सशक्त प्रतिपक्षको भूमिकामा रहने बताएका छन् । प्रदेश सरकारमा ४ जना मन्त्रीसहित एमाले सहभागी भएको थियो ।

एमालेबाट संसदीय दलका नेता थपलिया आर्थिक मामिला तथा योजनामन्त्री, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायातमन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छी विकास मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री नियुक्त भएका थिए ।

शुक्रबारको मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेका मन्त्रीहरुले राजीनामा दिएका हुन् । उनीहरुले सदनभित्रै मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाएका थिए ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like