काठमाडौं,
१० चैत, धनगढी । धनगढीको सुदूरपश्चिमाञ्चल कलेज (एसपीए) का प्रमुख योगराज गौतममाथि दुर्व्यवहार भएको छ ।
शुक्रबार भएको विद्यार्थी परिषद्को कार्यसमिति चयनको विषयलाई लिएर नेविसंघका कार्यकर्ताले प्रमुख गौतममाथि कालोमोसो दलेका हुन् ।
कालोमोसो दलेको आरोपमा नेविसंघमा आवद्ध दुई जना विद्यार्थीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले जानकारी दिए । तर उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।
यस्तै प्रमुख गौतमले कक्षा कोठामा विद्यार्थीलाई पढाइरहेका बेला बाहिर बोलाएर कालोमसो दलेको डिएसपी चन्दले जानकारी दिए।
थप जानकारीका लागि घटना’bout अनुुसन्धान भइरहेको छ ।