काठमाडौं,
१० वैशाखमा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।
उपनिर्वाचन हुने चितवन-२, तनहुँ-१ र बारा-२ मा उम्मेदवारी दिने शुक्रबार बसेको केन्द्रीय समिति बैठकले निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । ‘हामीले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा आफ्नो उम्मेदवार उठाउंछौं’ उनले भने ।
बैठकले उपनिर्वाचन हुने ३ वटै क्षेत्रमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । जसमा चितवनमा उपसभापति डोलप्रसाद अर्याल, तनहुँमा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र बारामा गणेश कार्की संयोजक तोकिएका छन् ।