काठमाण्डाैँ,
राष्ट्रिय क्रिकेट तिन खेलाडीहरूलाइ तिलाेत्तमा नगरपालिकाले नगदसहित सम्मान गरेका छन्।
आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको अन्तिम सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्वकप छनोटसम्म पुर्याउन महत्वपूर्ण भुमिका खेलेका सिनियर टिमका ओपनर कुशल भुर्तेल, राष्ट्रिय टिममा समावेश रहेका मौसम ढकाल र यू–१९ टिमका कप्तान देव खनाललाई नगरपालिकाले सम्मान गरेको हो।
उनिहरूलाइ नगरपालिकाले ५० हजार नगदसहित सम्मान गरेकाे हाे।खेलाडीहरुलाई तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वरदेवी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले संयुक्त रुपमा सम्मान गरे।यस्तै भुर्तेल तिलोत्तमा–९, ढकाल तिलोत्तमा–१३ र खनाल तिलोत्तमा–३ निवासी हुन् ।
खेलाडीहरूलाई नगद सहित सम्मान गर्दै तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाणले नगरपालिकालाई क्रिकेटको हबको रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताए।
राष्ट्रिय खेलाडि भुर्तेलले सम्मान ग्रहण गर्दै सबैको साथ समर्थनले नै आफू र आफ्नो टिमले सफलता हात पारेको उल्लेख गरे। नगरपालिकाले आफूहरुलाई सम्मान गरेर तिलोत्तमामा थप नयाँ खेलाडी उत्पादनका लागि अवसर सिर्जना गरेको बताए।