गुराँस लाइफ इन्स्याेरेन्सले १३ प्रतिशत भन्दाबढि शेयर दिने

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

गुराँस लाइफ इन्स्याेरेन्सले १३ प्रतिशत भन्दाबढि शेयर दिने घाेषणा गरेकाे छ। आथिर्क वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई १३.२७१२७७२ प्रतिशत लाभांश दिने कम्पनिकाे बिहिबार बसेकाे सञ्चालक समितिकाे बैठकले प्रस्ताव गरेकाे हाे।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब २३ करोड ९३ लाख रुपैयाँ बराबरको २९ करोड ७१ लाख ९३ हजार रुपैयाँ बोनस शेयर दिने भएको हो ।

   सो बोनस शेयरमा लाग्ने कर शेयरधनीहरुले नै भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।  प्रस्तावित बोनस नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको