काठमाण्डाैँ,
मिटर ब्याजविरुद्ध महोत्तरीको बर्दिवासबाट पैदल हिँडेका ७२ जनाको टोली आज आइतवार ११ औँ दिन काठमाण्डाैँकाे मातातिर्थ आइपुगेकाे हाे । गाउँ–गाउँबाट आएका पीडितहरूले र्यालीसँगै नाराबाजी गर्दै हिडिरहेका छन्।
मिटर ब्याजविरुद्धको सङ्घर्ष समिति नेपालको आयोजनामा उनीहरूले विरोधस्वरूप पैदल हिँडेका हुन् । महाेत्तरीका मिटर ब्याज पिडितहरू मिटरब्याजी साहुले दु:ख दिन थालेकाले चैत २ गते काठमाण्डाैका लागी हिडेका थिए।
यस्तै भाेली साेमबारदेखि माइतिघर मण्डलमा आएर विरोध प्रदर्शन गर्ने तयारी रहेको सङ्घर्ष समितिले जनाएको छ ।