नेप्से २७ अङ्कले घटेर १९ सय विन्दुभन्दा तल

काठमाण्डाैँ,

१२ चैत। हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से आज आइतवार २७ अङ्कले घटेर १९ सय  विन्दुभन्दा तल झरेकाे छ।

आज सबै समूहको शेयर घटेकोमा लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।बजार घटेकाे दिन २ सय ५९ वटा कम्पनीका ३७ लाख ५४ हजार कित्ता शेयर १ अर्ब २८ करोड ९३ लाख रुपैयाँमा कारोबार भएका छन् ।

आज जालपा सामुदायिक लघुवित्त, जीवन विकास लघुवित्त, महिला लघुवित्त र युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । धेरैजसो लघुवित्त कम्पनीको शेयर उच्च अङ्कले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि मायाखोला जलविद्युत् र एसियन हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरीकाे ८ कराेड ६१ कराेड रूपैँयाकाे शेयर किनबेच भयाे।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like