स्ववियु निर्वाचनलाई लिएर एक दम्पत्तिलाई मार्ने धम्की

काठमाण्डाैँ,

गत चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा एक दम्पतीलाई मार्ने धम्की आएको पीडितले गुनासो गरेका छन्।

हेटौँडा उपमहानगरपालिका-१६ मा स्थित जनप्रिय बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनको सन्दर्भलाई लिएर स्थानीय रेडरोज बोर्डिङ स्कुलका प्रिन्सिपल कैलाश धिताल र उनकी श्रीमती आस्था रिजाललाई मार्ने धम्की दिइएको भन्दै प्रहरीमा उजुरी परेको छ।

निर्वाचनमा एमाले, एकीकृत समाजवादी र विप्लव नेतृत्वको गठबन्धन विजयी भएपछि नेपाली कांग्रेसनिकट तीनजना युवाले आफू नभएको समयमा आफ्नो डेरामा पुगेर दलबलसहित ढुंगामुडा बाेकेर श्रिमती एक्लै रहेकाे समयमा तिन युवकले ज्यानमार्ने धम्की दिएकाे र श्रीमतिलाइ अपशब्द प्रयाेग गरी मार्ने धम्की दिएकाे धितालले बताए।

यस्तै उनिहरूले फाेनमा समेत अपशब्द प्रयाेग गरी ज्यान मार्ने धम्की दिएकाेसमेत गुनासाे गरे। धम्कीपछि हेटौँडा १६ का बुद्धिप्रसाद गौतम, शंकर पनेरु र सुवर्ण पौडेलविरुद्ध धिताल दम्पतीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्।

 

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like