मेयर शाहविरूद्ध नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहित विरोध प्रदर्शन

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

१३ चैत । साेमबार काठमाडाैँ महानगरपालिका मेयर बालेनशाह विरूद्ध प्रदर्शन गरेकाे छ।

संविधान र कानुनविपरित सुकुम्बासीहरूलाइ उठिबास लागाउने कामकाे नेतृत्व लिएकाे भन्दै साेमबार मेयर बालेनशाह विरूद्ध काठमाडौँको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रदर्शन गरिएको हो ।

आफूहरूलाई उठिबास लगाउने काममा मेयर शाह लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनु परेको संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए ।

कार्कीले संविधान, कानुन विपरीत भूमिहीनहरूलाई जग्गाधनी पुर्जा दिनुको साटो काठमाण्डाैँ महानगरपालिका र मेयर शाहले उठिबास लगाउने प्रयास गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए।

विरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्ताहरूमाथी लगाइकाे सबै झुटा मुद्दा खारेज गरी नि :शर्त रिहा गर्नुपर्ने मागसहितकाे नाराबाजी गरिएकाे थियाे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको