राष्ट्रबैंकले २२ अर्ब ऋण उठाउँदै सरकारकाे लागी

काठमाण्डाैँ,

१३ चैत। साेमबार राष्ट्र बैंकले २२ अर्ब १० करोडको ट्रेजरी विल्स (ऋणपत्र) बिक्री गर्ने भएको छ।

सरकारको लागि ऋण उठाउन पहिले बिक्री भएर अवधि परिपक्व भएका ऋणपत्रहरू पुनः नवीकरण गरिन लागिएको हो। विभिन्न परिपक्व अवधि भएका चार किसिमका ऋणपत्रहरू बिक्री गरिने भएको हो।

पाँच अर्ब रुपैयाँको ९१ दिने अवधिको, ६ अर्ब ५० करोड २५ लाख रुपैयाँको ९१ दिने अवधिको, ६० करोड एक सय ८२ दिने अवधिको र पाँच अर्ब रुपैयाँको तीन सय ६४ दिने अवधिको ऋणपत्र नवीकरण गरिन लागेको हो। त्यस्तै, पाँच अर्ब रूपैयाँको ९१ दिने अवधिको लागि नयाँ ऋणपत्र पनि जारी गर्ने भएको हो।

गत चैत ६ मा पनि यस्तै विभिन्न अवधिको ऋणपत्र बिक्री गरिएको थियो।यिनमा औसत ब्याजदर ८.६८ देखि ९.५५ प्रतिशतसम्म कायम भएको थियो।

ट्रेजरी विल्सको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिक सहभागी हुन सक्छन्।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like