शिशुकाे रहस्यमय मृत्यु पाँचथर अस्पतालमा

काठमाण्डाैँ,

पाँचथर अस्पतालमा नवजात शिशुको रहस्यमय मृत्यु भएको छ । चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै अभिभावक आक्रोशित बनेका छन् । पाँचथरको याङवरक २ नाम्रेककी सीता खतिवडा (अधिकारी)लाई प्रसूति गराउन उनका श्रीमान शान्तिराम अधिकारीले अस्पताल लगेका थिए ।

सुत्केरीपछि आमा र शिशुको हेरचाहमा वास्ता नगरेपछि शिशुको मृत्यु भएको आफन्तको आरोप छ।‘चिकित्सकले आमा र बच्चाको अवस्था सामान्य छ भनेर वास्ता गर्नु भएन,’ अधिकारीले भने ‘प्रसूतिको समयमा चिकित्सकलाई खोज्दा पनि भेटिएन । समय बितेपछि डाक्टर आएर जिउँदो नरहेको जानकारी दिनुभयो ।’

शिशुको मृत्युको कारण’bout जिज्ञासा राख्दा डाक्टरले गैरजिम्मेवारपूर्ण जवाफ दिएर पन्छिन खोजेको अधिकारीको भनाइ छ ।  प्रसूति कक्षमा खटिएकी नर्स र डाक्टर उपेन्द्र पोख्रेलको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै आफन्त आक्रोशित बनेका हुन् ।

आफन्त आक्रोशित बनेपछि अस्पतालका डाक्टर बरुण अग्रवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।  उक्त समितिलाई घटनाको छानबिन गर्न सात दिनको समय दिइएको अस्पताल विकास समितिका अध्यक्ष रामराज आङ्देम्बेले जानकारी दिए ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like