मधेश प्रदेशकाे पहिलाे जित, ललितपुर बाहिरियाे:मेर्यस कप टी-२० क्रिकेट

काठमाण्डाैं,

मधेश प्रदेशले ललितपुर मेयर महिला च्याम्पियनसिप टी-२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

सोमबार भएको खेलमा मधेश प्रदेशले ललितपुर मेयर्स एघारलाई एक विकेटले पराजित गरेको हो । ९७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको मधेश प्रदेशले १९.२ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।मधेश प्रदेशको जितमा सरस्वती कुमारी ३२ रनमा अविजित रहिन् ।

उनले ३३ बलमा तीन चौका प्रहार गर्दै टिमलाई जित दिलाएकी हुन् । त्यस्तै, अलिशा यादवले १६ र सीमा कुँवरले १५ रन बनाए । ललितपुरका सोनी पाख्रिन र कृतिका मरासिनीले समान २-२ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ९६ रन बनाएको थियो ।

ललितपुरका लागि सोनी पाख्रिनले ३४, लक्ष्मी चौधरीले २३ र श्रृष्टि जैसीले १५ रन बनाए । बलिङतर्फ मधेशकी सरस्वती कुमारीले दुई विकेट लिइन् ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like