ब्राजिलकाे रात्रि क्लबमा गाेली चल्दा तिन जनाकाे मृत्यु र दुई जना घाइते

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोको साओ कार्लोस सहरको एक रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा दुई जना घाइते भएका छन्।

शनिबार राति मादक पदार्थ  सेवन गरी क्लबबाट निकालिएका एक व्यक्तिले बन्दुक लिएर फर्किएर भीडमाथी गाेली चलाएका ब्राजिलकाे प्रहरीले जनाएकाे छ। आक्रमणबाट दुई जनाको तत्काल मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।

स्थानीय प्रहरी आयुक्त गिल्बर्टो एक्विनोले ३६ वर्षीय आक्रमणकारीलाई त्यस क्षेत्रमा सेवामामा रहेका दुई प्रहरी अधिकारीले नियन्त्रणमा लिने क्रममा गोली लागी मृत्यु पुष्टि गर्नुभएको छ ।यस्तै एक्विनोका अनुसार क्लबबाट निष्कासित भएपछि हेल्मेट लगाएका आक्रमणकारीले कारमा पार्टीमा फर्किएका र गोली चलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको