काठमाण्डाैँ,
आइतबार प्रहरीले बैकिङ कसुर मुद्दामा फरार भएका धनकुटा नगरपालिका ६ घर भइ काठमाण्डाैँ महानगरपालिका ११ बस्ने ६५ वर्षिय महेन्द्र नारायण श्रेष्ठलाई पक्राउ गरेकाे छ।
उच्च अदालत पाटनकाे २०७९ माघ २० गतेकाे फैसलाले बैकिंङ कसुर मुद्दामा ४ दिन कैद र १४ लाख ४८ हजार ७ सय २८ रूपैँया जरिवाना ठहर भइ फरार रहेका उनलाइ केन्द्रीय अनुसन्धान ब्युराे महाराजगंजबाट खटिएकाे प्रहरीले ललितपुर भैसेपाटीबाट पक्राउ गरेकाे हाे।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय नख्खु ललितपुर पठाइएको छ ।