बैंककाे नाै लाख रकम लुटेकाे आराेपमा ३ जना पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

१४ चैत।बैंककाे रकम लुटपाट गरेकाे आराेपमा तिन जनालाइ सिराहा प्रहरीले पक्राउ गरेकाे छ।उनीहरुले बैङ्कका कर्मचारीले मिर्चैयाबाट कल्याणपुर शाखामा लाँदै गरेको नौ लाख रकम लुटपाट गरेको आरोप  छ।

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका-८ अरङ्गका ४५ वर्षीय श्याम कुमार यादव, लहान नगरपालिका- १३ सुकरामपुर का ३६ वर्षिय जिवन बिक र लहान १९ छपरारी का  ४७ वर्षिय नारायण मण्डल हुन्।
मिर्चैया कल्याणपुर सडककाे मिर्चैया नगरपालिका ३ बताह पुलबाट ग्लाेबल आईएमई बैंककाे शाखा कार्यालय कल्याणपुर लादै गरेकाे रकम लुटेकाे आराेपमा प्रहरीले पक्राउ गरेकाे हाे। प्रहरीसहित गएको ज ६ प ८१८५ नम्बरको मोटरसाइकलमा बैंकका कर्मचारी गत फागुन १० गते नम्बर नखुलेको मोटरसाइकलमा आएका ४ जना अपरिचित व्यक्तिहरूले पेस्तोल देखाई रकम लुटिएका थिए।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिराहा तथा इलाका प्रहरी कार्यालय मिर्चैया सिराहा लगाएत मातहतका प्रहरी टोलीले उपलब्ध श्रोत साधन तथा प्रविधिको प्रयोग गरी सिराहा सदरमुकामस्थित हेमनारायण चोक स्थितबाट पक्राउ गरेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको