काठमाण्डाैँ,
साउदी अरबमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु र २९ जना घाइते भएका छन्।यस्तै अधिकारीहरूका अनुसार एउटा पुलमा ठाेक्किएर पल्टिएपछि बसमा आगो लागेको हाे।
मृत्यु हुनेमा सबैभन्दा बढी तीर्थयात्री रहेका छन्। उनीहरु उमराहका लागि मक्का जाँदै थिए। बसमा सवार यात्रुहरू विभिन्न देशका रहेकाे स्थानिय सञ्चारमाध्यमले जनाएकाे छ।
उनीहरु कुन देशका हुन् भन्ने खुलाइएको छैन्। उमराह हज जस्तै एक मुस्लिम धार्मिक तीर्थयात्रा हो।
साउदी अरेबियामा हजको समयमा बाहेक जुनसुकै समयमा तीर्थयात्रीहरू उमराका लागि जान सक्छन्। तर, रमजानको महिनामा बढी जाने गर्छन्।