दाङमा छोरा र श्रीमतीले कुटपिट गर्दा श्रीमानकाे मृत्यु

काठमाण्डाैँ,

दाङमा काेदालाेकाे पासाले टाउकाेमा हानी एकजनाकाे हत्या गरिएकाे छ।

यस्तै वडा अध्यक्ष मैते पुनमगरका अनुसार बंगलाचुली गाउँपालिकाकाे २ मर्पेस निवासी ३५ वर्षिय रेशम सुनारकाे हत्या गरिएकाे हाे।

हत्यामा संलग्न आमा छोरालाई प्रहरीले पक्राउ गरिएको छ। हत्या आरोपमा मृतक सुनारका १७ वर्षीय छोरा शिवराज सुनार र  ३६ वर्षीया श्रीमती  चन्द्रा सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी राजन कुमार गौतमले बताए ।

मृतक रेशम सुनारलाई कोदालोको पासाले टाउकोमा हानी हत्या गरिएको अवस्थामा फेला पारिएको उनले बताए। घटना मंगलबार साँझ करिब ७ बजेतिर भएको हो। मदिरा सेवन गरेको अवस्थामा श्रीमान–श्रीमतीबिच विवाद हुँदा छोरा र श्रीमतीले कुटपिट गर्दा मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ।

मृतक शवलाइ पाेस्टमार्टमका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ।

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like