गोलबजारका मेयर श्रेष्ठमाथि आक्रमण, कारवाहीकाे माग गर्दै एमाले कार्यकर्ता सडकमा

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

सिरहाको गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठमाथि आक्रमण भएको भन्दै नेकपा एमालेका युवाहरू पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

मेयर श्रेष्ठ एमालेबाट निर्वाचित भएका हुन् । पूर्वमन्त्री तथा नेकपा एमालेका संघीय सांसद लीलानाथ श्रेष्ठका भाइ समेत रहेका उनीमाथि आक्रमणको प्रयास गर्दा बचाउमा एमालेका कार्यकर्ताहरू सडकमा उत्रेका छन् ।

आक्रमणको प्रयास गर्नेहरूमाथि कडा कारबाहीको माग गर्दै एमालेका युवाहरू आन्दोलनमा उत्रेका हुन् । उनीहरू गोलबजारस्थित राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।कार्यालयबाट बाहिर जाने क्रममा मेयर श्रेष्ठमाथि केही व्यक्तिले माेबिल छ्यापेका थिए।

सोमध्ये नरहा गाउँपालिका ४ का ४३ वर्षीय साधु चरण महरालाई प्रहरीले पक्राउ गरेको छ । उनी नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को कार्यकर्ता छन् ।पक्राउ परेका महरा र सो घटनामा संलग्न अन्यलाई समेत पक्राउ गरी कडा कारबाही गर्नुपर्ने एमालेका युवाहरूको माग छ ।

सो पार्टीको जनसंघर्ष परिचालन समितिको पर्चा समेत गोलबजार नगरपालिका क्षेत्रमा फेला परेको थियो । उक्त पर्चामा मेयर श्रेष्ठलाई लघुवित्तमार्फत गरिब जनतालाई उठिबास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको, हटियाको करमा १ करोड ५२ लाख रुपैयाँ ब्रम्हलुट गरेको कारण जनकारबाही गरिएको उल्लेख छ ।

पक्राउ परेका महरा र सो घटनामा संलग्न अन्यलाई समेत पक्राउ गरी कडा कारबाही गर्नुपर्ने एमालेका युवाहरूको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको