काठमाडौं,
१५ चैत, काठमाडौं ।प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।
मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक बसेको हो ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार बेलुका बसेको बैठकमा सत्ता साझेदार दलका नेताहरुलाई सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए ।
सो मस्यौदामा आजको बैठकमा नेताहरुले आ-आफ्ना राय सुझाव प्रस्तुत गर्ने छन् ।त्यसपछि न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने दलहरुको तयारी छ ।
नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद् विस्तार’bout छलफल हुने जनाएको छ