मिटरब्याज पीडितहरू परे बिरामी , सरकारसँगको वार्ता बिहिबार सारे

काठमाडौं,

१५ चैत।लामो पैदल यात्रा र सडक आन्दोलनका कारण थकित बनेका मिटरब्याज पीडितहरु बिरामी पर्न थालेका छन् । उनीहरुले अस्वस्थताकै कारण सरकारसँगको वार्ता पनि बिहीबारलाई सारेका छन् । बुधबार मध्यान्हसम्म नियमित जस्तै धर्नामा जाने कि नजाने भन्ने’boutमै उनीहरु अन्योलमा छन् ।

काठमाडौंमा १२ दिन पैदल यात्रा हिंडेर आएका ७३ मध्ये ५५ जना भन्दा धेरैलाई मंगलबार रातिदेखि सञ्चो नभएको संघर्ष समितिका अगुवा संघर्ष दाहालले जानकारी दिए ।

बिरामीका कारण बुधबार बिहान सरकारी वार्ता टोली संयोजकलाई फोन गरेर बिहीबार मात्रै वार्ता गरौं भनेर जानकारी गराएको उनले बताए ।

अहिले काठमाडौंमा मिटर ब्याज पीडित हामी ११५ जना छौं, जसमध्ये हिंडेर काठमाडौं आएका अधिकांश बिरामी परे’ दाहालले भने ।

हामीले प्रेशर जाँच गरेका थियौं सबै जनाको लो पायौं । रुघा-खोकी तथा केहीलाई सामान्य ज्वरो पनि छ,’ दाहालले भने, ‘संघर्ष समितिका संयोजक मनोज पासवान आफैं बिसन्चो भएका कारण सरकारसँग वार्ता गर्नका लागि एजेन्डामा विस्तृत छलफल समेत हुन सकेको छैन ।’

अब केही बेरमा पुनः छलफल गरेर आन्दोलनका कार्यक्रमलाई भने निरन्तर नै राख्ने पनि उनले बताए ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like