काठमाण्डाैँ,
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार पञ्जाब प्रान्तमा सित्तैमा पिठाे पाउन संघर्ष गरिरहेका ११ जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा दुइ जना महिला रहेकाे पिटिआईले जनाएकाे छ।
पन्जाब प्रान्तको साहिवाल, बहावलपुर, मुजफ्फरगढ र ओकारा गरी चार जिल्लामा ११ जनाको मृत्यु भएको रिपोर्टमा उल्लेख छ । उक्त घटनामा थप ६० जना घाइते भएको बताइएको छ । पाकिस्तान सरकारले भागदाैडका कारण मृत्यु भएकाे जनाएकाे छ।
पाकिस्तानमा अहिले एक किलाेग्राम पिठाे १८५ रूपैँयामा बिक्री भइरहेकाे ‘दुनिया न्युज’ टिभी च्यानलकाे रिपार्टले जनाएकाे छ। प्रतिराेटीकाे भाउ ४० रुपैयाँ पुगेको छ ।
यसलाई मध्यनजर गर्दै पाकिस्तान सरकारले निःशुल्क पीठो वितरण सुरु गरेको छ ।हाल पाकिस्तानमा महँगीदर झण्डै ५० प्रतिशत पुगेको छ । जुन सन् १९७५ यताकै अधिक रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।