नेप्से १९०८ अंकमा ओर्लियो

काठमाण्डाैँ,

१६ चैत। साता कारोबारको अन्तिम दिन बिहीबार बजारको परिसूचक नेप्से १९०८ अंकमा झरेको छ । यस दिन १०.८ अंकले नेप्से घटेको हो । घटेको बजारमा कारोबार रकम पनि खुम्चिएको छ । दिनभर जम्मा ८९ करोड ९५ लाख रुपैयाँ बराबरको मात्रै धितोपत्र कारोबार भयो ।

४९ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ९ को स्थिर रहृयो । बैंकिङ ५, विकास बैंक १५, फाइनान्स १६, जलविद्युत् २०, जीवन बीमा ३४, उत्पादन ३४, माइक्रोफाइनान्स ३२, अन्य १६ र व्यापार उपसमूह ४ अंक घटे । होटल तथा पर्यटन उपसमूह भने १५ अंक बढ्यो । सुपरमाइ हाइड्रोपावरको मूल्य १० तथा कालिन्चोक दर्शनको ६ प्रतिशत बढ्यो ।

त्यस्तै आदर्श लघुवित्तको ६ र जल्पाको ३.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, जीवन विकास लघुवित्त, एनआईसी एसिया बैंक र नबिल बैंक त्रमशः अगाडि रहे ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like