काठमाण्डाैँ,
दोलखाको गौरीशंकर गाउँपालिकास्थित युनिभर्सल पावर कम्पनीको तल्लो खारे खोला जलविद्युत आयोजना हेडवर्क साइटमा एक समुहले ताेडफाेड गरेकाे छ ।
चैत १४ गते राति एक समूहले ११ मेगावट अयाेजनामा तोडफोड गरेर करिब २५ लाख रुपैयाँ बराबरको क्षति गराएको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा कर्मचारीमाथि सांघातिक आक्रमण समेत भएको भन्दै संस्थाले आफू स्तब्ध भएको जनाएको छ।
आयोजनालाई उचित क्षतिपूर्तीका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण पनि गराएको छ। घाइते भएका आयोजनाका कर्मचारीको उपचार खर्च पीडक पक्षबाटै भराउने व्यवस्था गर्न समेत इप्पानले स्थानीय प्रशासनसँग माग गरेको छ।