रास्वपा बाट चितवनमा रबि, तनहुँमा स्वर्णिम र बारामा रमेश खरेल प्रस्ताव

काठमाण्डौ

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते चितवन, तनहुँ र बारामा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।

बिहीबार रास्वपाले एक विज्ञप्ति जारी गर्दै चितवन निर्वाचन क्षेत्र नम्बर २, तनहुँ-१ र बारा-२ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको हो।

रास्वपाले चितवन-२ मा रवि लामिछानेलाई उम्मेदवार सिफारिस गरेको छ। तनहुँ-१ मा डाक्टर स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डाक्टर रूपक विक घिमिरेको नाम सिफारिस गरिएको छ।

 

त्यस्तै बारा-२ मा रास्वपाले रमेश खरेल र युवराज न्यौपानेको नाम सिफारिस गरेको छ।


 

तनहुँमा तीन जनाको नाम सिफारिस भए पनि पार्टीले यहाँ स्वर्णिम वाग्लेलाई र बारा-२ मा रमेश खरेललाई उम्मेदवार बनाउने भएको रास्वपा स्रोतले जनाएको छ।

 

पूर्व डिआइजी खरेल सुशासन पार्टी खोलेर गत निर्वाचनमा काठमाडौं-१ बाट उठेका थिए। यसपालि उनलाई रास्वपाले बारा-२ बाट उम्मेदवार बनाउन लागेको हो।

 

रास्वपाले यी प्रारम्भिक उम्मेदवारीउपर दाबी विरोध गर्न चैत १७ गते बिहान ११ बजेसम्मको समय दिएको छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like