डलर साट्ने भन्दै ३० लाख ५० हजार ठगी आरोपमा एक जना पक्राउ

काठमाण्डाैँ,

काठमाडौं उपत्यकामा चारभन्दा बढी स्थानमा डलर साट्ने बाहानामा लुटपाट गरेको आरोपमा सिन्धुपाल्चाेककाे बाह्रबिसे नगरपालीका २ कर्थली घर भइ  हाल भक्तपुरकाे बालकाेट बस्ने २८ वर्षिय भिम बहादुरलाइ प्रहरीले पक्राउ गरेकाे छ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले भक्तपुरको बालकोटबाट पक्राउ गरेको हो ।उपत्यकाका विभिन्न स्थानहरुबाट विभिन्न व्‍यक्तिहरुलाई फोनमार्फत डलर साटिदिने भन्‍दै ३० लाख ५० हजार रुपैयाँ ठगी गरेकाे उनीमाथि  प्रहरीको आरोप छ ।

साथै उनले यसअघि पनि  नक्कली सुन देखाई ५ लाख रुपैयाँ ठगी गरेको घटनामा मुद्दा चलिरहेको प्रहरीले जनाएको छ ।पक्राउ परेका बहादुरमाथि थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत सातदाेबाटाे पठाइएकाे प्रहरीले जानकारी दिएका छन्।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like