काठमाण्डाैँ,
खसीबाेका चाेरी गरेकाे र चाेरी भएकाे खसीबाेका किन्ने आराेपमा तिन जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेकाे छ।पक्राउ पर्नेमा रामेछाप दोरम्बा- १ घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने वर्ष २४ को सुमन तामाङ (ट्याक्सी चालक), दोरम्वा ७ घर भई हाल भक्तपुरको मध्यपुर थिमि बस्ने वर्ष ४० को मिलन तामाङ र रामेछाप मन्थली नगरपालिका वडा नं. ५ सुनारपानी घर भई हाल काठमाडौं पेप्सीकोलामा रामेछाप उदयपुर मासु पसल सञ्चालन गर्ने वर्ष ४३ को दिलबहदुर कार्की गरी तीन जनालाई प्रहरीले पक्राउ गरेकाे हाे।उनिहरूलाई बा. २ ज. ४३२७ नं.को ट्याक्सीमा १ वटा कालो बोकासहित पक्राउ गरेकाे हाे।
पक्राउ परेकालाई सोधपुछ गर्दा काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं. ३ कुशादेवीको रितप्रसाद सापकोटाको घरबाट बोका चोरी ल्याएको हाे। रामेछाप मन्थली नगरपालिका वडा नं. ५ सुनारपानी घर भई हाल काठमाडौं पेप्सीकोलामा रहेको रामेछाप उदयपुर मासु पसलका सञ्चालक वर्ष ४३ को दिलबहादुर कार्कीलाई बेच्न हिँडेको भन्नेसमेत अनुसन्धानको क्रममा खुल्न आएको छ । मासु पसलका सञ्चालक कार्कीलाइ समेत पक्राउ गरेकाे हाे।
चोरीमा संलग्न मानिसहरू, सवारी साधन (ट्याक्सी), बोकासमेत थप अनुसन्धान लागी इलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलान्चोकमा पठाइएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
यस्तै हालसम्मकाे अनुसन्धानमा काभ्रेपलान्चोकको विभिन्न ८ स्थान र भक्तपुरको १७ स्थानबाट ४ वटा बोका र ३६ वटा खसी चोरी भएको भन्ने समेत खुल्न आएको परिसरका सूचना अधिकृत बसन्त पाठकले बताए ।